काठमाडौं । मेरो माइक्रोफाइनान्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २० प्रतिशतले हुन आउने २४ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।