काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस ६ गते बुधबार एक दिनका लागि विहान ८ बजेदेखि सम्पुर्ण सेवा अवरुद्ध हुने भएको छ । दुबैले मर्जर पछि हुने एकिकृत कारोबारका लागि डेटा माइग्रेसन तथा सिस्टम इन्ट्रिगेसनका लागि बुधबार कारोबार बन्द गर्ने भएका हुन् ।
मर्जर पछि पुस ७ गते एकिकृत कारोबार हुँदैछ । जीवन बीमा क्षेत्रको पहिलो मर्जरको इतिहास बनाएका सूर्या र ज्योतिले पुस ७ गतेदेखि संयुक्त रुपमा कारोबार सुरुवात गर्ने छन् । मर्जर पछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार हुनेछ ।
दुबैले कार्तिक २८ गते साधारणसभा मार्फत शेयरधनीहरुबाट स्वीकृति प्राप्त गरेका थिए । शेयरधनीबाट भएको अनुमोदनलाई नेपाल बीमा प्राधिकरणले मंसिर २ गते र मंसिर २५ गते नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गरेका थिए ।