IME Life
GBIME

बैंक अफ काठमाण्डूको नगद लाभांश शेयरधनीको खातामा जम्मा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश शेयरधनीकै बैंक खातामा पठाउन सुरु गरेको छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई साधारण सभा सम्पन्न भएको दिन (मंसिर २३ गते) देखि पठाउन लागेको जनाएको छ ।

बैंकले मंसिर २३ गते सम्पन्न आफ्नो वार्षिक साधारण सभाबाट पारित १४ दशमलव ९५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गर्न सुरु गरेको जनाएको छ । बैंकले नगद लाभांश खातामा नआएका शेयरधनीलाई डिम्याट खाता र बैंक खाता अध्यावधिक गर्न आग्रह समेत गरेको छ ।

Crest

बैंक खाता अध्यावधिक गरेपछि उक्त लाभांश शेयरधनीको बैंक खातामा नै जम्मा हुने कम्पनीले जनाएको छ । बैंकको मंसिर २३ गते सम्पन्न सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनश शेयर र १४ दशमलव ९५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS