काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण पुस ७ गते बिहीबार गर्ने भएको छ । प्रतिनिधिसभाका २७५ सांसदको शपथ पुस ७ गते दिउँसो १ बजे गर्ने निर्णय भएको हो ।
नवनिर्वाचित सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिने छन् । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने छन् । सांसदहरुको शपथ नयाँ बानेश्वस्थित संसद् भवनको प्रतिनिधिसभा बैठक कक्षमा हुनेछ ।
प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको तीन दिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण मातृभाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ ।