Connect IPS
IME Life

शाइन रेसुङगा डेभलपमेन्ट बैंकले दियो वित्तीय साक्षरता तालिम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शाइन रेसुङगा डेभलपमेन्ट बैंकले महिलालाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । बैंकले केन्द्रिय कार्यलय बुटवलमा बुटवल महानगरपालिका ११ को शहरी स्वस्थ्य केन्द्रका महिला स्वयंसेविका तथा कार्यालयका कर्मचारीलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको हो ।

उक्त साक्षरता तालिममा बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले महिलाहरुलाई आर्थिक गतिविधि र बैंकिङ कारोबारमा सहभागी गराउँदै महिला सशक्तिकरणका लागि स्वास्थ्य स्वयंसेविकाहरुलाई वित्तीय साक्षरता प्रदान गरेको बताइन् । सहभागी ३५ जना महिलालाई उक्त तालिम दिइएको हो ।

Prabhu
Crest

नेपालको कुल जनसंख्याको ५० प्रतिशत भन्दा बढी हिस्सा महिलाको भए पनि उनीहरुमा वित्तीय साक्षरता दर धेरै कम भएकाले बैंकले महिलाहरुलाई प्राथमिकता दिएको थापाले बताइन् ।

बैंकका डिजिटल बैंकिङ अफिसर नारायण न्यौपानेले डिजिटल बैकिङ कारोबारको कारणले समयको पनि बचत हुने र सेवाग्राहीले घर वा कार्यालयमै बसेर सुरक्षित र छिटोछरितो सेवा लिन सकिने र डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कता लगायतका विषयमा सहभागीलाई बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS