काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक सुचना जारी गर्दै आफ्ना केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको जनाएको छ ।
यसअघि संस्थाले संस्थापक शेयरधनीहरुलाई नै बिक्रीका लागि ३५ दिने सूचना जारी गर्दा तोएिको म्यादभित्र आवेदन नपरेकोले संस्थाले सर्वसाधारणले भर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो ।
लघुवित्तले ६६ हजार ९ सय ९० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । खरिदका लागि इच्छुक लगानीकर्ताले ७ दिन भित्र आवेदन दिनुपर्ने लघुवित्तले जनाएको छ ।
आवेदन कम्पनीको केन्द्रीय कार्यालय ककनी नुवाकोट पुग्नेगरि पेस गर्नु पर्नेछ । उक्त सेयर खरिदका लागि इच्छुक जो कोही ब्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन् ।