काठमाडौं । सानिमा बैंकमा दुई सञ्चालक र लेखापरीक्षक नियुक्त भएका छन् । बैंकको पुस ३ गते सम्पन्न १८ औ वार्षिक साधारणसभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रमेश कुमार पोखरेल र आशुतोष उपाध्याय आगामी चार वर्षका लागि सञ्चालकमा निर्वाचित भएका हुन् ।
सर्वसाधारण शेयरधनीकै तर्फबाट प्रतिनिधित्व गर्ने भरत कुमार पोखरेल र महेश घिमिरेको कार्यकाल समाप्त भए सँगै दुई सञ्चालकको निर्वाचन भएको थियो ।
हिजै सम्पन्न साधारणसभाबाट चालु आर्थिक वर्ष २०७९/८० को प्रचलित कानुन बमोजिम लेखापरीक्षण गर्नका लागि पिकेएफ टिआर उपाध्याय एण्ड को चार्टर्ड एकाउन्टेन्सलाई बाह्य लेखापरीक्षकका रुपमा नियुक्त गरिएको हो ।
1671425792967