काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
संस्थाको चुक्ता पूँजी ८४ करोड ४४ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर पश्चात संस्थाको चुक्ता पूँजी एक अर्ब ५ करोड रुपैयाँ पुग्नेछ । संस्थाले नगद र बोनस शेयर सहित २५ करोड ३३ लाख रुपैयाँ लाभांश दिने भएको हो ।
संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले स्वीकृत गरे पछि बल्ल शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।
1671423810342