काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सेञ्चुरी कमर्सियल बैंकको बोनश शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ४ दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य १७६ रुपैयाँ ८१ पैसा कायम गरेको छ । कम्पनीले अन्तिम शेयर मूल्य १८५ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ कोे मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।