काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिन भित्र सरकार गठन गर्न आह्वान गरेकी छिन् । भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।
संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।
भोलि आम निर्वाचन भएको एक महिना वित्दैछ । निर्वाचन आयोगले सम्पुर्ण नतिजा सार्वजनिक गरिसकेको छ । तर कुनै पनि राजनीतिक दल तथा गठबन्धनको स्पष्ट बहुमत नआए पछि दलहरुको संयुक्त सरकार बन्ने अवस्था रहेको छ ।