काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा दर्ता भएको कम्पनी एनआरएन नेपाल डेभलपमेन्ट फण्डले पुस २३ गते साधारणसभा आह्वान गरेको छ । उक्त सभा बालुवाटार स्थित आफ्नै कार्यालयमा गर्ने जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ र २०७८/०७९ को संचालक समितिको प्रतिवेदन पारित गर्ने, आथिृक वर्ष २०७७/७८ र २०७८/०७९ को वार्षिक आर्थिक विवरण सहितको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, संचालक समितिद्वारा आर्थिक वर्ष २०७७/७८ र २०७८/०७९ का लागि नियुक्त गरेको लेखापरीक्षकको नियुक्ती अनुमोदन गर्ने र आर्थिक वर्ष २०७१र०८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले संचालकहरुको नियुक्तिका लागि निर्वाचन गर्ने, पूँजीको जम्मा ३ प्रतिशत कर सहित लाभांश स्वरुप वितरण गर्ने, आर्थिक वर्ष २०७७/७८ र २०७८/०७९ को सचालकहरुको बैठक तथा अन्य सुविधा भत्ता खर्च अनुमोदन गर्ने, संचालकहरुको बैठक, भ्रमण भत्ता तथा अन्य सुविधा तथा खर्च निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।