GBIME
IME Life

वर्ल्डकप २०२२ महासंग्राम आज बेलुका, अध्यक्ष सिलवालदेखि बीमा क्षेत्रका पदाधिकारी को कस्को सपोर्टर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप फुटबल २०२२ को आज अन्तिम खेल हुँदैछ । विश्वभरी रहेका फुटबल प्रेमीका लागि आजको दिन विशेष रहेको छ । ३२ राष्ट्र सहभागी रहेका यस खेलको अन्तिममा भने अर्जेन्टिना र फ्रान्स प्रवेश गर्न सफल भएका छन् । यी दुई देशमध्ये कुनले बाजी मार्लान् भन्नेमा विश्वभरका फुटबल प्रेमीमा हुटहुटी मच्चिएको छ । फ्रान्स र अर्जेन्टिनाका आ-आफ्नै फ्यान फलोअर्स छन् । आज राति हुने खेलमा अधिकांश नेपालीहरुको सपोर्ट अर्जेन्टिनालाई देखिन्छ ।

बीमा कम्पनीका अधिकांश प्रमुख कार्यकारी अधिकृतहरु अर्जेन्टिनाको पक्षमा छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालदेखि लिएर अधिकाम्स सिइओ अर्जेन्टिनाको पक्षमा छन् । त्यस्तै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल भने फ्रान्सको पक्षमा छन् । कतिपय प्रमुख कार्यकारी अधिकृतहरु भने जसले जित्छ उसकै सपोर्ट गर्ने पक्षमा छन् । केहिले भने जसले राम्रो खेल्छ उसकै पक्षमा राख्ने प्रतिकृया दिए ।

SKYWELL
Crest

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री र जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेल अर्जेन्टिनाको पक्षमा छन् । नेपाल बीमक संघका पुर्व अध्यक्ष दिप प्रकाश पाण्डे र जीवन बीमक संघका निवर्तमान अध्यक्ष निर्मल काजी श्रेष्ठ समेत अर्जेन्टिनाकै पक्षमा देखिन्छन् । प्राधिकारणका कार्यकारी निर्देशक पौडेल सहित प्रभु लाइफका सिइओ सन्तोष प्रसाइ, रिलायबल नेपाल लाइफका सिइओ नारायण बाबु लोहनी र अजोड इन्स्योरेन्सका सिइओ कुमार बहादुर खत्री फ्रान्सको पक्षमा छन् । इ-बीमा डटकमका प्रवन्ध सञ्चालक रोशन ज्ञवाली पनि फ्रान्सले नै जितोस भन्ने चाहन्छन् ।

हिमालयन एभरेष्टका सिइओ विजय बहादुर शाह जसले राम्रो खेल्स उसैले जितोस् भन्ने चाहन्छन् । यस्तै धारणा लुम्बिनी जनरलका सिइओ नुर प्रकाश प्रधानको छ । उनि जसले राम्रो खेल्छ उसकै सपोर्ट गर्नेमा छन् । एशियन लाइफका सिइओ दिनेश लाल श्रेष्ठ जसले जिते पनि हुन्छ भन्ने पक्षमा छन् । त्यस्तै सानिमा लाइफका सिइओ अगम मुखिया जसले जित्छ उसकै सपोर्ट गर्ने पक्षमा छन् ।

अर्जेन्टिनाको पक्षमा नेशनल लाइफका सिइओ सुरेश प्रसाद खत्री, नेपाल लाइफका सिइओ प्रविण रमण पराजुली, सूर्या लाइफको सिइओ पवन कुमार खड्का, एनएलजीका सिइओ सुनिल बल्लब पन्त अर्जेन्टिनाले जितोस भन्ने चाहिरहेका छन् ।

नेपाल बीमा प्राधिकरणको निर्देशक शुशिलदेव सुवेदी, दिनेश लाल कर्ण र पुजन ढुङ्गेल पनि अर्जेन्टिनाको पक्षमा छन् । सुवेदीले पछिल्ला तीन चार वटा खेललाई मात्रै हेर्दै आएका छन् । ढुङ्गेल भने आज फाइनल मात्रै हेर्ने योजनामा छिन् । हिमालयन रि इन्स्योरेन्सकी नायब प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल पनि अर्जेन्टिनाले नै जितोस् भन्ने पक्षमा छिन् । आइएमई जनरलको नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी, नेपाल इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत इश्वर पोखरेल, युनाइटेड इन्स्योरेन्सका निमित्त सिइओ नविल सुवेदी समेत खुलेर अर्जेन्टिनाको पक्ष लिइरहेका छन् ।

यसअघि २ पटक विश्वकपको उपाधि उचालेका फ्रान्स र अर्जेन्टिना तेस्रो पटक पनि उपाधि जित्ने दाउमा छन् । आफ्नो जादुमय खेलको मज्जा चखाउँदै आएका फ्रान्सका किलिएन एमबाप्पे पनि उपाधि उचाल्ने लक्ष्य सहित जोड बलमा लागि परेका छन् । फुटबल क्षेत्रमा उदाउँदै गरेका एम्बाप्पेलाई उनका फ्यानहरुले मेस्सी र क्रिस्टियानो रोनाल्डो पछिका स्टारको रुपमा समेत हेर्न थालेका छन् । यदि एमबाप्पेले विश्वकप उपाधि उचालेमा २४ वर्षअघि विश्वकप जित्ने पेलेपछिको खेलाडी बन्ने छन् ।

विश्वभरको ध्यान कतार तिर केन्द्रित हुँदै गर्दा एमबाप्पे र मेस्सी जसले जिते पनि इतिहास रच्ने नै छ । जुन इतिहास फ्रान्सले सन् १९९८ मा घरेलु मैदानमा रचेका थिए भने २०१८ मा दोस्रो पटक च्याम्पियन बनेका थिए । साथै अर्जेन्टिनाले भने सन् १९७८ र १९ ८६ मा विश्वकपको उपाधि हात पारेका थिए ।

नेपालीहरुले अर्जेन्टिनालाई राजनीतिक दृष्टिकणबाट पनि सपोर्ट गर्ने गरेको पाइन्छ । अर्जेन्टिना कम्युनिष्ट राष्ट्र भएको हुँदा कम्युनिष्ट विचारधारा बोक्ने नेपालीहरुले खेल भन्दा पनि राष्ट्रलाई हेरेर सपोर्ट गर्ने गरेको पाइन्छ । अर्को तर्फ कतिपय नेपाली अर्जेन्टिनाका कप्तान लियोनन मेस्सीको पपुलारिटीलाई हेरेर सपोर्ट गर्ने छन् । प्रायः वर्ल्डकप युरोपियन राष्ट्रले उठाउने गरेको हुँदा यस पटक युरोप भन्दा बाहिर अर्जेन्टिना पुगोस् भन्ने पक्षमा नेपाली छन् ।

खेलको पक्ष विपक्षमा लागेको देख्दा यसले द्धन्द जस्तो देखिन्छ । तर खेल द्धन्द भन्दा पनि भवना र मनोञ्जनसँग जोडिएको हो । जसले विश्वलाई तताइरहेको छ । आजको विश्वकपको फाइनल खेल हेर्न कतिपयले ठुला ठुला होटलका हल बुक गरेका छन् । कतिपय आफ्नै परिवार सँग बसेर हेर्ने योजनामा छन् । नेपाली समय अनुसार खेल ८ बजेर ४५ मिनेटमा हुँदैछ । यो समय नेपालीहरुका लागि सबैभन्दा उपयुक्त समय हो । साथिभाइ र परिवारजनहरुसँग साँझको आउटिङसम्मका योजना बनिसकेका छन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS