काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरको लागि प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । यी दुई संस्थाबीच पुस १ गते शुक्रबार मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
मर्जर सम्झौता भएसँगै नेप्सेमा सामुदायिक लघुवित्तका आधारभूत शेयरधनीको कारोबार रोक्का हुनेछ । विपिडब्लु लघुवित्त भने नेप्सेमा सुचिकृत छैन।
638069576966143583