काठमाडौं । बोटलर्स नेपालले पुस २७ गते ४४ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले होटल र्याडिसनमा दिउसो तीन बजे साधारणसभा गर्ने जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस २ गते बुक क्लोज गर्ने भएको छ ।
यस भन्दा अगाडी घोषणा भएको २० प्रतिशत नगद लाभांश पुस १९ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन पाउने छन् । सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ ।
प्रवन्ध संचालकको पारिश्रमिक तथा अन्य सुविधा उपर छलफल गरी पारित गर्नेछ । सभामा संचालक समितिको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव लैजाने भएको छ । त्यस्तै लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्नेदेखि लिएर लेखापरीक्षक नियुक्त गर्नेसम्मका विशेष प्रस्ताव रहेका छन् ।
1671337751800