काठमाडौं । नेपाल हाइड्रो डेभलपरले साधारणसभा र बुक क्लोजको मिति तय गरेको छ । कम्पनीको पुस एक गते दिउसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले यहि पुस २९ गते विहान ११ बजे साधारणसभा गर्ने निर्णय गरेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले घोषणा गरेको ५ प्रतिशत बोनस शेयर पुस १० गतेसम्म कायम शेयरधनीले प्राप्त गर्न सक्ने छन् । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.०२६३ प्रतिशत नगद लाभांको प्रस्ताव गरेको छ ।
उक्त लाभांश आगामी पुस २९ गते हुने वार्षिक साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।
1671192047388