काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस एक गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ६.४७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांश दिने भएको हो ।
हाल बैंकको चुक्ता पूँजी ४ अर्ब एक करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर पछि बैंकको चुक्ता पूँजी ४ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ । यस पटक शेयरधनीहरुले हातमा नगद पनि प्राप्त गर्ने भएका छन् ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी हुने वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।
1671177947945