काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायाम चुक्ता पुँजीको १३ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७१०५ प्रतिशत नगद लाभांश गरि कुल १४ दशमलव २१०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
1671338366697