काठमाडौं। सांग्रिला इनर्जी लिमिटेडले २१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । २०७९ मंसिर ३० गते बसेको कम्पनीको संचालक समितिको बैठकले यहि पौष २५ गते २१ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले पुष २५ गते दिनको ४ बजे कम्पनीको मुख्य कार्यालयमा सभा आयोजना गर्ने जनाएको छ । यस सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्नेछ । साथै सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आ.व.२०७८/ ०७९ को हिसाव विवरण स्वीकृत गर्नेछ । उक्त सभाले २०७९ /०८० का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने कम्पनीले जनाएको छ ।