काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीले २ अर्ब ४० करोड बराबरको ऋणपत्र निष्काशन गर्नका लागि बिहीवार सेबोनबाट स्वीकृति पाएको हो ।कम्पनीले वार्षिक १० दशमलव ३० प्रतिशत ब्याजदरमा आगामी ५ वर्षका लागि ऋणपत्र निष्काशन गर्न सेबोनबाट स्वीकृति पाएको हो ।
विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २४ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । कुल कित्तामध्ये ९ लाख ६० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।