काठमाडौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकी संस्थापक शेयरधनी संचालक निरु कुथुमि राई संचालक पदबाट बरखास्त भएकी छिन् । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागको समष्टिगत निरीक्षणको क्रममा राईको शैक्षिक योग्यता र अनुभव सम्बन्धी केन्द्रीय बैंकले संस्थालाई संचालक परिवर्तन गर्न दिएको निर्देशन बमोजिम महिला लघुवित्तले राईलाई संचालक पदबाट बरखास्त गरेको हो ।
संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैंठकले रिक्त रहेको सो पदमा संस्थापक शेयरधनी माया भण्डारीलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
1671167507759