काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आथिृक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश र वित्तीय विवरण आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । कम्पनीको प्रस्तावित उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
1671167826910