काठमाडौं । युनियन हाइड्रोले साधारणसभा बोलाएको छ । कम्पनीले पुस २२ गते ललितपुरको धोबिघाट स्थित सिद्धार्थ कटेजमा साधारणसभा गर्ने जनाएको छ । कम्पनीले अनलाइन माध्यमबाट पनि सभामा भाग लिन सक्ने कम्पनीले जनाएको छ ।
संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा, लेखा परिक्षणको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु माथी छलफल तथा स्वीकृत गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७२/८० को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १३ गते सम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
1671020386826