काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
संस्थाको हालको चुक्ता पूँजी ९ करोड ७५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर पछि संस्थाको चुक्ता पूँजी १० करोड १४ लाख पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले उक्त लाभांश पारित गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।
1670985377463