Connect IPS
IME Life

नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच व्यवसायिक सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र प्रभु म्यानेजमेन्ट प्रा.लि बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लि को तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रा.लि नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को मुख्य प्रतिनिधि भएको छ । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइ रहेको छ । बिभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ ।

Prabhu
Crest

बिगत १५ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको साथै देश भर १०,००० भन्दा बढि स्थानबाट सेवा प्रदान गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र बिगत एक दशक देखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको प्रभु म्यानेजमेन्ट प्रा.लि बिचको सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा गरिएको छ ।

प्रभु म्यानेजमेन्ट प्रा.लि सँगको सम्झौता संगै नेपाल रेमिटका ग्राहकहरुले अब देशभर रहेका १५००० स्थानहरुबाट बिदेशबाट पठाएको रकमको भुक्तानि लिन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS