काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जरको सहमति गरेका छन् । दुबै संस्थाले मंसिर २६ बेजुका ६:१५ बजे प्रारम्भिक संझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिपत्रमा हस्ताक्षर सँगै दुबै संस्थाले आधारभुत शेयरधनीहरुको कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङलाई पत्राचार गरेका छन् । पछिल्लो नयाँ व्यवस्था अनुसार सर्वसाधारण शेयरधनीहरुको कारोबार रोक्का नहुने व्यवस्था छ । सर्वसाधारण शेयरधनीको कारोबार रोक्का नहुने भएपनि एक प्रतिशत भन्दा माथिका शेयरधनीको कारोबार रोक्का हुनेछ ।
1670902267395