Connect IPS
IME Life

नेपाल ल्यूब आयलको नगद लाभांश शेयरधनीको बैंक खाता जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले शेयरधनीको बैंक खाता नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको जनाएको छ ।

असोज १३ गतेसम्म हितग्राही खातामा बैंक खातासमेत अद्यावधिक गराएका शेयरधनीको हकमा सम्बन्धित बैंक खातामा नै जम्मा भइरहेको र सो मितिपश्चात बैक खाता अद्यावधिक गराएका शेयरधनीको पनि क्रमश बैंक खातामा नै जम्मा हुने कम्पनीले बताएको छ ।

Prabhu
Crest

हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगरेका शेयरधनीले यथाशीघ्र डिम्याट खाता खोलेर सम्बन्धित निक्षेप सदस्यलाई सम्पर्क गर्नुपर्नेछ । त्यसपछि शेयर प्रमाणपत्र अभौतिकीकरण गरि नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत आईपीएस सदस्य बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खातानम्बर सहितको विवरण अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ । त्यसपछि शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा हुनेछ ।

यदि शेयरधनीले उपलब्ध गराएको बैंक खातामा विवरण गलत भई अरुको नाममा लाभांश रकम जम्मा भएकोमा सोको जिम्मेवार सम्बन्धित शेयरधनी स्वय‌ नै हुनेछ । शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS