काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि विक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ भने सह विक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले १ः१ को अनुपातमा अर्थात (१ कित्ता शेयर बराबर १ कित्ता शेयर) का दरले साबिकका शेयरधनीहरूलाई हकप्रद जारी गर्न लागेको हो ।
कम्पनीले प्रति शेयर १ सय रुपैयाँ दरले हुने १० करोड ५९ लाख कित्ता हकप्रद साधारण शेयरको हुने रकम दश अर्ब ५९ करोड बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि मंसिर २६ गते दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।
त्यस्तै, नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा विक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ कमलपोखरीलाई सह निष्काशन तथा विक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेको छ ।