काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश बितरण नगर्ने भएको एक सुचना जारी गर्दै जनाएको छ ।
बैंकले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने जनाएको छ । बैंकको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण र अनुसूचिहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात् बैंकको अगामी बार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गर्ने निर्णय भएको बैंकले जनाएको छ ।
1670758973765