IME Life
GBIME

खल्तीले ल्यायो “खल्तीमा बैंक लिंक” अफर, टीभी जित्ने मौका

SPIL
NIC ASIA new
NLIC

काठमाण्डौं। खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘खल्तीमा बैंक लिंक’ अफर ल्याएको छ। यस अफर अन्तर्गत खल्तीले आफ्नो लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने योग्य प्रयोगकर्तामध्ये दैनिक एकजना भाग्यशाली विजेतालाई ३२ इन्चको टीभी जित्ने मौका प्रदान गर्दैछ। यसका साथै प्रयोगकर्ताले आफ्नो पहिलोपटक लिंक गरिएको खाताबाट पहिलो भुक्तानी गर्दा १०० रुपैयाँको बोनस तत्काल पाउनेछन्।

यस बोनश खल्तीमा पहिलोपटक आफ्नो बैंक खाता लिंक गर्ने र आफ्नो लिंक गरिएको बैंक खाताबाट पहिलो भुक्तानी पूरा गरेका प्रयोगकर्ताका लागि लागु हुनेछ। यसैबीच यस अफर अवधिमा आफ्नो लिंक गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्तामध्ये हरेक दिन एकजना भाग्यशाली प्रयोगकर्तालाई ३२’’ टीभी प्रदान गरिनेछ। खल्ती प्रयोगकर्तासँग बैंक खाता लिंक गर्नका लागि केवाईसी प्रमाणित हुनुपर्छ।

Crest

यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यस अफरमार्फत हामी प्रयोगकर्तालाई डिजिटल भुक्तानी गर्ने बानी बस्न प्रोत्साहित गर्न चाहन्छौँ। खल्ती प्रयोगकर्ताले अब आफ्नो लिंक गरिएको बैंक खाताबाट प्रत्यक्ष भुक्तानी गर्न सक्ने भएकाले वालेट ब्यालेन्स रिलोड गर्ने समस्याको सामना गर्नुपर्दैन।’

यस अफरलाई थप आकर्षित बनाउदै खल्तीले हरेक हप्ताको सोमबार र बिहीबार फायर सेल पनि ल्याएको छ। प्रयोगकर्ताले बिजुलीको बिल, ल्यान्डलाइन, चलचित्र, इन्टरनेट ९आईएसपी०, डाटा प्याक, जीवन बीमा, जस्ता सर्भिसमा हरेक दिउँसो १ बजे फायर सेलको लागि ५०५ सम्म क्यासब्याकको प्राप्त गर्न सक्नेछन्।

खल्तीमा बैंक खाता लिंक भएपछि प्रयोगकर्ताले युटिलिटी बिल, क्यूआर स्क्यान गरी भुक्तानी, उडान टिकट, बीमा भुक्तानी, मुभी टिकट, अन्य बैंक खातामा रकम ट्रान्सफर गर्नेजस्ता अन्य धेरै भुक्तानी सीधै र छिटै लिंक गरिएको बैंक खाताबाट गर्न सक्द्छन्। यो अफर मंसिर २२ देखि माघ ७ सम्म लागू हुनेछ। यसका साथै यदि बैंक खाता लिंक गरिएको छ भने खल्ती प्रयोगकर्ताले वालेट ब्यालेन्स लोड गर्न आवश्यक पर्दैन।

खल्तीले आफ्नो चलिरहेको ‘खल्तीमा आइमा ई–स्कुटर’ अफर पनि सञ्चालन गरिरहेको छ। जहाँ प्रयोगकर्ताले रु। १०० को टपअपमा ‘एआईएमए टाइगर एस५ ईभी स्कुटर’ जित्न योग्य हुनेछन्। यसका साथै हरेक हप्ता एकजना भाग्यशाली विजेताले एआईएमए गुडिज जित्ने मौका पाउनेछन्। तसर्थ, जोकोहीले आफ्नो बैंक खाता लिंक गरी भुक्तानी गर्छ भने दुवै प्रस्तावमा भाग लिन योग्य छन्।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS