काठमाडौं । कुमारी बैंकले २५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।
बै.कले एक सुचना जारी गर्दै आगामी ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेडको कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिनुपर्ने जनाएको छ ।
बैंकले तोकिएको यस अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उल्लेखित शेयर विक्री गरिने जनाएको छ ।