काठमाडौं । सनराइज क्यापिटलले नयाँ सामुहिक लगानी कोष योजना संचालन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई मंसिर १९ गते नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको हो ।
योजनाको आकार प्रति इकाई मुल्य १० रुपैयाँको १२०,०००,००० इकाई गरि जम्मा रु। १,२००,०००,००० को रहेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो ।
सनराइज क्यापिटल लिमिटेडले हाल सनराइज फर्स्ट म्युचुअल फण्ड तथा सन्राइज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।