काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले कम्पनीको शेयर कारोबार भोलिबाट कारोबार हुने गरी खुलाएको हो । समीट र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएसँगै कम्पनीको शेयर असोज २७ गतेदेखि रोक्का थियो ।
नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था अनुसार कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।