Connect IPS
IME Life

सिद्धार्थ बैंकले घोषणा गर्यो लाभांश, कति दिँदैछ बोनश शेयर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८ /७९ को वितरणयोग्य नाफाबाट चुक्तापूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले शेयरधनीलाई १२ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Prabhu
Crest

निरन्तर उल्लेख्य प्रगति गरी शेयरधनीहरुलाई आकर्षक प्रतिफल प्रदान गर्दै आएको यस बैंकको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा वर्तमान विषम बजार अवस्थाका कारण साँवा तथा ब्याज रकम असुलीमा देखिएको कठिनाईलाई मध्यनजर गरी केहि कर्जाहरुमा बैंकले डायनामिक कर्जा नोक्सानी व्यवस्था गरेको कारण यस बैंकको नाफामा देखा परेको केहि संकुचन त्यस्ता कर्जाहरुबाट बैंकले उल्लेख्य रुपमा बक्यौता रकम असुली गरी सकेको हँुदा दोस्रो त्रैमासमा बैंकको समग्र वित्तिय अवस्थामा सन्तोषजनक सुधार आउने बैंकले विश्वास लिएको छ ।

सिद्धार्थ बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग, २१५ एटिएम, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्यूआर मर्चेन्ट मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ्ग सुविधाहरु आफ्नो वेबसाइटमा रहेको EasyBank Portal मार्फत समेत प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

8%

दु :खी

0%

अचम्मित

4%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS