काठमाडौं । मेगा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । मंसिर २२ गते धान्य पूर्णिमा।उभौली पर्व भएका कारण सार्वजनिक विदा भई शेयर कारोबार नहुने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै मेगा बैंकको लाभांश पाउनेछन् ।
बैंकले पुस ७ गते १२औं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनश शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।
सभाले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पारित गर्नेछ । १००ः९० को स्वापमा इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज हुन लागेका हुन् ।