काठमाडौं । काठमाडौं महानगरपालिकाले कर्मचारीको माग गरेको छ । महानगरद्धारा सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि करारमा इन्जिनियर नियुक्तिका लागि महानगरले विज्ञापन खुलाएको हो ।
महानगरका अनुसार लोक सेवा आयोगमा अस्थायी तथा वैकल्पिकमा नाम निकालेका उम्मेद्वारका लागि आवेदन खुल्ला गरेको हो । आयोगले खुलाएको विज्ञापन नं २४५/०७९/८० देखि २६६/०७९/८० मा अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिक इन्जिनियर र स्ट्रक्चर इन्जिनियर उम्मेदवारले महानगरले सूचना प्रकाशित गरेको मितिले सातदिनभित्र आवश्यक कागजात सहित आवेदन दिन आह्वान गरेको छ ।
महानगरले प्रकाशित गरेको सूचना अनुसार निवेदकले निवेदन, प्रवेश पत्रको प्रतिलिपि, स्नातक पास गरेको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ ।