काठमाडौं । सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । उक्त सभा कोटेश्वर ३२, काठमाडौं स्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे गर्ने जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । सभाले सञ्चालकको समितिको निर्वाचन गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।