काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय जानकारी इकाईको अंग्रेजी नाम परिवर्तन गरेको छ । राष्ट्र बैंकको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागले वित्तीय जानकारी इकाईको अंग्रेजी नाम परिवर्तन गरिएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाईको अंग्रेजी नाम चलन चल्तीमा Financial Information Unit प्रयोगमा रहेकोमा अबदेखि उक्त इकाईको अंग्रेजी नाम Financial Intelligence Unit र छोटकरीमा FIU-Nepal कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मंसिर १२ गतेको निर्णय अनुसार उक्त इकाईको अंग्रेजी नाम परिवर्तन गरेको हो ।