काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसुचक २४ दशमलव ४६ अंकले घटेर १,९३८ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज १४ कम्पनीको शेयर मुल्य बढेको छ भने १८१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ३० करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको २० करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव १२ प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया सेलेक्ट फण्ड ३० का इकाईधनीले २ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई ब्यालेन्स फण्डका इकाईधनीले २ दशलमव २१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ३७ प्रतिशतका दरले गुमाएका हुन् ।