काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले सातौ वार्षिक साधारण सभा पुस १४ गते गर्ने भएको छ । सभा अकामा होटेल का.न.पा ४ धुम्बाराहीमा विहान ११ बजे शुरु हुनेछ ।
सभाले कम्पनीको उद्धेष्य परिमार्जन,पूँजीगत संरचना र सञ्चालक समितिको संरचना परिवर्तन गर्नका लागि कम्पनीको प्रबन्धपत्रको नियमावलीको नियम संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले प्रबन्धपत्र दफा तथा नियमावलीको नियम संशोधन अभिलेखका सम्बन्धमा कम्पनीको तर्फबाट गर्नु पर्ने आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।