काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव गरेको छ। कम्पनीके गत शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७८ /७९ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको कर सहित ५ दशमलव २६ प्रतिशतले हुन आउने ६ करोड ४३ लाख ४० हजार ९ सय ३५ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीलाई वितरण हुनेछ। कम्पनीले पुस २० गतेको लागि साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गर्न निर्णय गरेको छ । पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।