Connect IPS
IME Life

नेपाल इन्भेष्टमेण्ट बैंकले पायो ‘बैंक अफ द इयर–२०२२’ अवार्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ‘बैंक अफ द इयर–२०२२’ अवार्ड पाएको छ। लण्डनस्थित दि फाइनान्सियल टाइम्सले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो। बिहीबार बेलायतको लण्डनमा आयोजित सवार्ड समारोह कार्यक्रममा पुगेर बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले उक्त अवार्ड ग्रहण गरेका हुन्।

फाइनान्सियल टाइम्स लण्डनबाट प्रकाशित दैनिक समाचार पत्र हो। यसले हरेक वर्ष बैंक अफ द अवार्ड घोषणा गर्दै आएको छ। एनआइबीएलले उक्त अवार्ड पाएकोमा सिईओ पाण्डेले गौरवान्वित महशुस गरेको बताए।

Prabhu
Crest

एनआइबिएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक रहेको उनको भनाई छ। उनले अवार्ड जित्नु एनआइबिएलले नेपालको वित्तीय क्षेत्र र समाजमा गरेको महत्वपूर्ण योगदानको प्रमाण रहेको बताए।

उक्त अवार्ड बैंकको स्थिर वृद्धि र कार्यसम्पादन रणनीतिक पहल र प्राविधिक प्रगतिको परिणाम रहेको जनाएको छ। सिईओ पाण्डेका अनुसार बैंकले आफ्ना बृहत ग्राहकवर्गलाई बजारमा माथि उठाउनको लागि नवीन उत्पादन तथा सेवाहरू पनि उपलब्ध गराएको छ ।

ग्रामीण क्षेत्रको जीवनस्तरमा सुधार गर्दै न्यून ब्याजबाट वञ्चित क्षेत्र कर्जा उत्पादनहरू उपलब्ध गराई समाजका पिछडिएका वर्गहरूलाई वित्तीय पहुँच र समावेशीकरणमा निरन्तर ध्यान केन्द्रित गरेको छ।

हालसम्म बैंकले ८८ शाखा, १३३ एटिएम, २२ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ६० ग्रामीण शाखारहित बैंकिङ काउन्टरबाट १० लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS