काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आफ्ना शेयरधनीलाई कुल ८ दशमलव ४२१ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको मंसिर १६ गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८ /७९ को नाफाबाट ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ४२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।