IME Life
GBIME

मेगा बैंकले बोलायो साधारण सभा, लाभांश सहित यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
NLIC

काडमाडौं । मेगा बैंक नेपाल लिमिटेडले पुस ७ गते १२औं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनश शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

Crest

त्यस्तै सभामा आर्थिक वर्ष २०७८/८९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव हुने छन् ।

सभाले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पारित गर्नेछ । १००ः९० को स्वापमा इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज हुन लागेका हुन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि मंसिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण मंसिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS