Connect IPS
IME Life

कालिञ्चोक दर्शनको आइपीओ कतिले भरे ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आइपीओमा पहिलो दिन वैदेशिक रोजगारीमा गएका ८३ जना नेपालीबाट आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको जानकारीअनुसार यी आवेदकहरूबाट ४३ हजार ६०० कित्ता शेयर खरीद माग भएको छ ।

कम्पनीले सर्वसाधारणमा जारी हुने १० लाख ८० हजार कित्ता शेयरमध्ये १० प्रतिशत दरको १ लाख ८ हजार कित्ता आरक्षणस्वरूप वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री खुला गरेको हो । पहिलो दिन ४० दशमलव ३७ प्रतिशत शेयर खरीद माग भएको जानकारी सिडिएससीले दिएको छ ।

Prabhu
Crest

कम्पनीले मङ्सिर १४ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीसँगै आयोजना प्रभावित स्थानीयमा समेत आइपीओ जारी गरेको छ । स्थानीयबाट संकलन भएको आइपीओको तथ्यांक भने कम्पनीले सार्वजनिक गरेको छैन । कम्पनीले १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको छ ।

यस आइपीओ छिटोमा मङ्सिर २८ गते र ढिलोमा पुस १४ गतेसम्म विक्रीमा रहनेछ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने मंसिर २८ गतेसम्म मात्र आवेदन दिनुपर्नेछ । दुवै समूहका लगानीकर्ताका लागि यस आइपीओ खरीदमा न्यूनतम १० कित्ताको सीमा तोकिएको छ । स्थानीयले अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम १० हजार ८०० कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले दायित्व वहन गर्न सक्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीको आइपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै मेगा बैंक, सेञ्चुरी बैंक दोलखाको तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट यो आईपीओ खरीद गर्न सकिने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS