काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको प्रस्तावित लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले हिजो बैंकलाई लाभांश स्वीकृत गरेको पत्र पठाएको हो । प्रभु बैंकको मंसिर १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ६ दशमलव ५० प्रतिशत बोनश शेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो।
राष्ट्र बैंकले सोहि प्रस्ताव स्वीकृत गरेको हो । अब बैंकलाई साधारण सभा गर्ने बाटो खुलेको छ । साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले उक्त लाभांश पाउनेछन्।