काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ३१ करोड ९९ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर एक करोड ५९ लाख रुपैयाँ वितरण पछि चुक्ता पूँजी ३३ करोड ५८ लाख रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश १६ वर्षिक साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्ने छन् ।
1669610615358