काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले साभारणसभा र बुक क्लोजको मिति तय गरेको छ । बैंकको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ७ गते ३६ औ वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरे सँगै बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर २१ गते बुक क्लोज गर्ने तय गरेको छ । बैंकले प्रस्ताव गरेको ७ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सहित ११ प्रतिशत लाभांश मंसिर २० गतेसम्म कायम शेयरधनीले प्राप्त गर्ने छन् ।
बैंकको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको थियो । उक्त लाभांश विगत १० वर्ष यताकै सर्वाधिक कम हो । नेपाल इन्भेष्टमेन्टले मेगा बैंक नेपाल सँग मर्जरको सहमति पत्रमा हस्ताक्षर गरेको छ । बैंकले मर्जरको आन्तरिक तयारी गरिरहेको छन् ।