काठमाडौं । बाणिज्य बैंकहरुले मंसिर पहिलो साता अर्थात मंसिर २ गतेदेखि ८ गतेसम्म ४ अर्बले निक्षेप बढाएका छन् । निक्षेप चार अर्बले विस्तार हुँदा कर्जा लगानी तीन अर्बले बढेको छ । बाणिज्य बैंकले चुनाव पछि चार अर्बले विस्तार गरेर ४५ खर्ब ६२ अर्ब पुगेको छ । त्यस्तै कर्जा विस्तार तीन अर्बले विस्तार गरेर ४२ खर्ब २२ अर्ब पुगेको छ ।
निक्षेपमा सामान्य सुधार सँगै सिडी रेसियो ८६.८६ प्रतिशतमा झरेको छ । चुनाव पछि बैंकिङ च्यानलमा थपिएको निक्षेपले सिडी रेसियो पनि तल झरेको हो । राष्ट्र बैंकले आज प्रथम त्रैमाशिक मौद्रिक समिक्षा गर्दैछ । यसले पनि केहि हदसम्म संबोधन गर्ने बुझिएको छ । व्यवसायीहरुले तरलता अभाव र व्याजदरको विषयमा चर्को विरोध गर्दै आएका छन् । उनिहरुलाई समेत संबोधन हुने गरी मौद्रिक समिक्षा आउने अनुमान गरिएको छ ।