काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति नगर्ने भएको छ । दुबैले एक्विजिसनको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । तर क्यापिटल मर्चेन्टले बैंकलाई मंसिर एक गतेको पत्र मार्फत सबै प्रकृयाँ स्थायी रुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिसन समिति समेत भङ्ग गर्न अनुरोध गरेको थियो ।
क्यापिटलको पत्र पश्चात प्रभु बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको अनुरोध बमोजिम क्यापिटल मर्चेण्ट एण्ड फाइनान्सलाई एक्विजिसन गर्ने सम्बन्धमा अघि बढाइएको सम्पुर्ण प्रकृयाँ अन्त्य गर्ने निर्णय गरेको छ ।
प्रभु बैंकको २०७८ भदौ १७ गतेको सञ्चालक समितिले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको क्यापिटल मर्चेन्टलाई प्रभुले सकार्न खोजेको थियो ।
1669522953923