काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाले चुक्ता पूँजी ८ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित तीन प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । संस्थाको हाल कायम चुक्ता पूँजी ८० करोड ५१ लाख रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी ८९ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै संस्थाले साधारणसभामा पेश गर्न पाउनेछ । सभाले प्रस्तुत लाभांश पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।
1669469440070